स्टर्लिङको ह्याट्रिकसँगै सिटीको शानदार जित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटीले शानदार जित निकालेको छ।

अवे मैदानमा भएको खेलमा सिटीले ब्राइटनलाई ५–० को फराकिलो जित आत्मसाथ गरेको हो। सिटीको एकतर्फी जितमारहीम स्ट्रर्लिङ्गले ह्याट्रिक गरे।

खेलको २१ औं मिनेटमा स्टर्लिङले सिटीलाई अग्रता दिलाएका थिए। ग्याब्रियल जिससले ४४ औं मिनेटमा सिटीको अग्रता दोब्बर बनाए। 

स्टर्लिङले ५३ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३–० ले अघि बढाए। त्यसको तीन मिनेटपछि बर्नार्डो सिल्भाले सिटीलाई ४–० को स्थितीमा पुर्याएका थिए। स्टर्लिङले ८१ औं मिनेटमा ह्याट्रिक पुरा गरे।

स्टर्लिङले यस सिजन सबै प्रतियोगितामा सिटीका लागि २७ गोल गरे। यस्तै  रहीमले यो सिजन लिगमा १७ गोल गरिसकेका छन्।

जितसँगै सिटीले यस सिजन दोस्रो स्थानमा रहदै प्रिमियर लिगको सिजन सक्ने निश्चित गर्यो।

जितपछि सिटीको ३५ खेलबाट ७२ अंक भएको छ। ३६ अंकसहित ब्राइटन १५ औँ स्थानमा छ। क्लबमाथि रेलिगेशनको डर यथावत छ।

 लिग अन्तर्गत शनिबार राति नै भएको खेलमा तेस्रो स्थानको चेल्सी भने शेफिल्ड युनाइटेडसँग ३–० ले स्तब्ध भएको छ। यस्तै अर्को खेलमा वाट्फोर्डले न्यूक्यासललाई २–१ ले पराजित गरेको छ।

प्रकाशित मिति: : 2020-07-12 07:22:22

प्रतिकृया दिनुहोस्