एभर्टनमाथि उल्भ्सको सहज जित

इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार बेलुका भएको खेलमा उल्भ्सले सहज जित निकालेको छ।

घरेलु मैदानमा उल्भ्सले एभर्टनलाई ३-० गोल अन्तरले पराजित गरेको हो।

उल्भ्सलाई जिताउन राउल जेमिनेज, लिन्डर डेनडोन्कर र डिएगो जोटाले एक/एक गोल गरे।

खेलको ४५ औं मिनेटमा जेमिनेजले पेनाल्टीमा गोल गर्दै उल्भ्सलाई १-० को अग्रता दिलाए।

४६ औं मिनेटमा लिन्डरले गोल गर्दै उल्भ्सलाई २-० को अग्रता दिलाए।

त्यसपछि खेलको दाेस्राे हाफमा थप एक गाेल थप्याे।

७४ औं मिनेटमा जोटाले गोल गर्दै उल्भ्सलाई ३-० को जित दिलाए।

जितसँगै उल्भ्सले ३५ खेलमा ५५ अंक जोडेको छ। उल्भ्स छैटौं स्थानमा रहेको छ।

४५ अंक जोडेको एभर्टन ११ औं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-07-12 21:35:26

प्रतिकृया दिनुहोस्