‘तरलता संकुचन हुन सक्छ, राष्ट्र बैंकले बेलैमा सोचोस्’

अनलाइनखबर

काठमाडौँ

 रोयल आचार्य

बैंकिङ विज्ञ अनलराज भट्टराईले आगामी आर्थिक वर्ष २०७७/७८ मा लगानी योग्य पुँजी (तरलता) को अभाव हुन सक्ने भन्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिले यस विषयमा ध्यान दिनुपर्ने बताएका छन् । कोरोना त्रास रहेका कारण अहिले अधिक तरलता देखिए पनि कोरोना त्रास कम हुने वित्तिकै नेपाली बैंकिङ उद्योगमा तरलता अभाव हुने उनले बताएका हुन् ।

अहिले १ खर्ब ६६ अर्ब रुपैयाँ भन्दा धेरै तरलता पुगिसकेको छ । बैंकहरुमा अधिक तरलता भयो भनिरहेका बेला भट्टराईले भने यति तरलता अहिले थुप्रिएर केही नहुने बताए । आगामी आर्थिक वर्षको मौीद्रक नीति कस्तो बन्नुपर्छ भन्ने जिज्ञासाको जवाफ दिँदै उनले अहिलेको तरलता धेरै छ भनेर फुर्किनु भनेको ३ फिट पानी भएको पोखरीमा बसेर म डुबिनँ भने जस्तै हुने उनले बताए ।

प्रकाशित मिति: : 2020-07-14 12:36:03

प्रतिकृया दिनुहोस्