ब्राजिलमा कोरोनाबाट मर्नेको संख्या ८० हजार नाघ्यो (फोटो फिचर)

ब्राजिलमा कोरोना भाइरसका कारण मर्नेको संख्या ८० हजार नाघेको छ।

यो अमेरिकापछि विश्वमा कुनै पनि देशमा कोरोनाका कारण मर्नेको दोस्रो ठूलो संख्या हो। अमेरिकामा १ लाख ४० हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

२० जुनमा ब्राजिलमा कोरोना संक्रमितको संख्या १० लाख पुगेको थियो। अहिले यो संख्या २० लाख पुगेको छ।

राम्रोसँग सावधानी नअपनाउँदा ब्राजिलमा तीन महिनाभित्र यति धेरै कोरोना संक्रमित फेला परेका हुन्।

ब्राजिलमा हाल दिनमा औषत एक हजार मानिसको निधन भइरहेको छ। सोमबार यो संख्या अलि तल झरेर ७ सय १८ पुगेको थियो।

No description available.

No description available.

No description available.No description available.

प्रकाशित मिति: : 2020-07-21 17:32:21

प्रतिकृया दिनुहोस्