योगको उचित विधी र स्वास्थ्य-लाभ

अनलाइनखबर

काठमाडौँ

नियमित र सही ढंगले गरिने योग अभ्यासले शरीरलाई लचिलो, फुर्तिलो, बलियो, तन्दुरुस्त र स्वस्थ राख्छ । योगले स्वास्थ्यमा फाइदा गर्छ भन्ने कुरा सबैलाई थाहा छ । यद्यपि योगबाट कसरी स्वास्थ्यमा लाभ मिल्छ ? योग गर्ने खास तौर–तरिका के हुन् ? कस्तो अवस्थामा योग गर्नु उचित हुँदैन ? कस्तो योग आसन एंव विधी बढी सबैका लागि उपयुक्त हुन्छ ? यसबारे भने सबै जानकार नहुन सक्छन् ।

खासगरी योगमा शरीर, दिमाग र सास तीन चिजको तालमेल हुन्छ । जब यी तीन एक लयमा हुन्छ, हामी स्वस्थ्य हुन्छौं । तनाव मुक्ती, आन्तरिक शान्ति, रोग प्रतिरोधात्मक क्षमता बढाउन, उर्जा बढाउन, शरीरको लचिलोपन पाउन योगको महत्वपूर्ण भूमिका हुन्छ 

प्रकाशित मिति: : 2020-07-24 09:12:16

प्रतिकृया दिनुहोस्