अबको तीज ‘एस’ व्रत प्लिज

अनलाइनखबर

काठमाडौँ

डा. हेमराज कोइराला

गायिका सोफिया थापाले ‘अबको तीज नो व्रत प्लिज’ बोलको गीत लोकार्पण गरेसँगै नेपाली सांस्कृतिक आकाश एकपल्ट फेरि तातेको छ । व्रत र उपवासलाई रुढीवादको जिजीविषा देख्ने कथित क्रान्तिकारीहरू यस गीतलाई रूढीवादविरूद्धको ‘जिहाद’ मान्छन् । सनातन धर्म संस्कार र संस्कृतिका पक्षधरहरू यस गीतलाई सांस्कृतिक अतिक्रमणको नयाँ प्रारूप मान्छन् । गीतको उद्देश्य र आशय जे भए पनि सन्देशमा भन्न खोजिएको कुरा भने व्रत गरेर शरीर नबिगार र आफूलाई रोगी नबनाउ भन्ने देखिन्छ, जुन सरासर अवैज्ञानिक, भ्रामक र निराधार छ ।

हुन त तीजमा आध्यात्मिक उपलब्धिका लागि व्रत बस्ने गरिन्छ । यसरी आध्यात्मिक साधनाका लागि ब्रत बस्दा स्वास्थ्यमा पनि अनेकौं फाइदा हुन्छन् । चिकित्सा विज्ञानमा पनि व्रत एवं उपवासका क्षेत्रमा अनेकौं वैज्ञानिक अनुसन्धान भएका छन् र सन् २०१६ को नोवेल पुरस्कार पनि उपवासको फिजियोलोजीका विषयमा अनुसन्धान गरिरहेका जापानिज वैज्ञानिक प्रो. यासिनुरी ओहसुमीलाई दिइएको थियो ।

प्रकाशित मिति: : 2020-07-26 15:10:54

प्रतिकृया दिनुहोस्