बकर ईद सद्भाव र शुभेच्छा आदानप्रदानको महत्वपूर्ण चाड: राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले बकर ईद सद्भाव र शुभेच्छा आदानप्रदानको महत्वपूर्ण चाड भएको बताएकी छन् ।

आज सम्पूर्ण इस्लाम धर्मावलम्बीहरुलाई शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले बकर ईदको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, दीर्घायु तथा प्रगतिको शुभकामना व्यक्त गरेकी छन् ।

सामूहिकरूपमा नमाज पढ्दै एक आपसमा शुभकामना साटासाट गर्ने हुँदा यस परम्पराले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भाइचारा अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास उनले लिएकी छन् ।
 

प्रकाशित मिति: : 2020-08-01 08:41:38

प्रतिकृया दिनुहोस्