राजनीतिक भागवण्डामा ३२ नियुक्ति

त्रिभुवन विश्वविद्यालयका तीन पदाधिकारीको राजीनामा र निष्पक्ष नियुक्ति गर्नुपर्ने माग गर्दै दुई सातादेखि तालाबन्दी गरेको प्रजातन्त्रवादी प्राध्यापक संघले राजीनामापछि मात्र वार्ता गर्ने बताएको छ ।
संघले एकलौटीरूपमा भएका नियुक्ति बदर गरी योग्यता क्षमता र विशिष्टताका आधारमा पुनः नियुक्ति गर्नुपर्ने माग दोहो¥याएको छ । संघका अध्यक्ष सह–प्राध्यापक जगत तिमल्सिनाले उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रार, सेवा आयोगका अध्यक्ष, डीन र क्याम्पस प्रमुखले राजीनामा दिएपछि मात्रै वार्ता गर्ने अडान लिनुभएको छ ।

पदाधिकारीलाई काम गर्न सजिलोका लागि नेपाली कांग्रेसबाट नियुक्ति पाएका भनिएका ७ सहित ३२ जनाको राजीनामा माग गरिएको छ । उपकुलपति प्राडा धर्मकान्त बाँस्कोेटाको कार्यकाल शुरू भएपछि पूर्वएमाले, माओवादी कोटाबाट नियुक्ति भएका सबैको राजीनामा नआएसम्म वार्ता नगर्ने संघले जनाएको छ ।

प्रकाशित मिति: : 2020-08-02 08:10:32

प्रतिकृया दिनुहोस्