आइपीएल सेप्टेम्बर १९ देखि युएई गर्न बाटो खुल्याे

एजेन्सी

मुम्बई

इण्डियन प्रिमियर लिग (आइपीएल) टी-२० क्रिकेट प्रतियोगिता सेप्टेम्बर १९ देखि युएई गर्न बाटो खुलेको छ।

वर्षको टी-२० विश्वकप स्थगित भएसँगै आइपीएल आयोजना गर्न सहज भएको थियो। भारतीय क्रिकेट कान्ट्रोल बोर्डले आइपीएल युएईमा आयोजना गर्न सरकारसँग अनुमति मागेको थियो।

त्यसलाई सम्बाेधन गर्दै भारतीय सरकारले आइपीएलको गभर्निङ परिषद्को आइतबारको बैठकमा खेलकाे लागि अनुमति दिने धारण प्रस्तुत गरेकाे हाे।

गभर्निङ परिषद्का अनुसार फाइनल नोभेम्बर १० मा हुनेछ। यो वर्षको आइपीएल गत सिजनको भन्दा ३ दिन बढी ५३ दिन चल्नेछ भने ६० खेल हुनेछन्।

एक टिममा २४ खेलाडीसम्म राख्न पाइनेछ। आइपीएलका खेल युएईको दुबई, अबुधावी र शारजाह गरी तीन सहरमा हुनेछन्।

आइपीएलका दिउँसाेका खेल पौने चार बजे र साँझको खेल पौने आठ बजे सुरु हुनेछ।

प्रकाशित मिति: : 2020-08-03 11:57:56

प्रतिकृया दिनुहोस्