लेबनान विष्फोटमा कम्तिमा ७८ मारिए, ४ हजारभन्दा बढी घाइते

लेबनानको राजधानी बेरुतमा मंगलबार राति भएको विष्फोटमा कम्तीमा ७८ मानिस मारिएका छन् भने ४ हजार भन्दा बढी घाइते भएका छन्। 

टतीय राजधानीमा भएको यो घटनाको कारणबारे आपसमा बाझिनेखालका रिपोर्टहरु आइरहेका छन्। सुरुमा एक पटाकाको गोदाममा भएको आगलागीबाट विष्फोट भएको हुनसक्ने आंकलन गरिएको थियो। 

लेबनानका प्रधानमन्त्री हसान दायबले एक वक्तब्यमा उल्लेख गरेअनुसार उक्त्त गोदाममा विगत ६ वर्षदेखि झन्डै तीन हजार टन एमोनियम नाइट्रेड नामक विष्फोटक पदार्थ स्टोर गरिएको थियो। 

लेबनानको एक समाचार एजेन्सीले पनि तटीय क्षेत्रको एक विष्फोटक गोदाममा सल्किएको आगोका कारण घटना भएको बताएको छ। 

तर अहिलेसम्मको यसको एकीन कारण खुल्न सकेको छैन। विष्फोट यति भयानक थियो कि त्यसको आवाज २४० किलोमीटर टाढा रहेको साइप्रसम्म त्यसको आवाज पुगेको थियो। 

लामो समयदेखि इजरायलसँगको द्वन्द्वमा फँसिरहेको लेबनान अहिले चरम आर्थिक संकटसँग जुधिरहेको छ। अहिले लेबनानमा सरकारविरुद्ध पनि प्रदर्शन भइरहेको छ। १९७५देखि ९०सम्मको गृहयुद्धपछि लेबनान अहिले सबैभन्दा ठूलो आर्थिक संकटसँग जुधिरहको छ। 

बिबिसीका अनुसार इजरायलका एक उच्च अधिकारीले यो विष्फोटसँग उसको कुनै पनि सम्बन्ध नरहेको स्पष्ट पारेका छन्। 

घटनाबारे बेलायत र फ्रान्ससहित विभिन्न देशहरूले प्रतिक्रिया जनाएका छन्। उनीहरूले लेबलानलाई आवश्यक सहयोग गर्ने बताएका छन्।

त्यसअघि लेबलानका प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरेका थिए।

पछिल्लो समय लेबलानमा राजनीतिक अस्थिरता देखिएको छ।

सन् १९७५ देखि ११९० सम्म चलेको गृहयुद्धपछिको सबैभन्दा खराब आर्थिक सङ्कट व्यवस्थापनमा सरकारी भूमिका विरुद्ध त्यहाँ प्रदर्शन भइरहेको थियो। त्यसबाहेक लेबलान र इजरायलबीच पनि तनाव देखिएको छ।

प्रकाशित मिति: : 2020-08-05 08:04:46

प्रतिकृया दिनुहोस्