बद्री पंगेनीसँग बसिबियालो : प्रेमिकाको पत्र बाबुका हातमा !

अनलाइनखबर

काठमाडौं

चिरञ्जीवी पौडेल

 ३० को दशकमा पाल्पाको रामपुरमा जन्मेका बद्री पंगेनी ७० को दशकको एक साँझ काठमाडौंको अनामनगरमा भेटिए । लोकसंगीत र उनकै व्यक्तिगत जीवनबारे गफिनका लागि हाम्रो बसिबियालो तय भएको थियो ।

‘मिडियामा नआएको वा नगण्यरुपमा आएको तपाईंको जीवनको फरक पाटो केही छ ? अन्तरवार्ताअघि पंक्तिकारले उनैलाई सोध्यो ।

उनी केहीबेर घोत्लिए ।

‘अँ छ,’ चेहरा उज्यालो बनाउँदै भने, ‘मेरो खेलकुद मोहका विषयमा धेरै मानिसहरुलाई थाहा छैन ।’

बद्रीको खेलमोहमा अन्तरवार्ता ‘फोकस’ गर्ने द्वीपक्षीय समझदारी भयो । तर, उनको निजी जीवनमा पसेर कुरा गर्दै जाँदा अनेक प्रसंग निस्के ।

प्रेमिकाले पठाएको पत्र बाबुको हातमा परेकोदेखि स्टेज शोमा गीत गाउँदा उल्टै पैसा मागिएकोसम्म, सुहागरातमा साथीको डेरामा सुतेकोदेखि ससुरालीमा भाँडा माझेसम्म थुप्रै रमाइला प्रसंग उनले सुनाए ।

उनको ‘खेलमोह’ कता छुट्यो, छुट्यो ।

प्रकाशित मिति: : 2020-08-07 11:13:57

प्रतिकृया दिनुहोस्