‘केन्द्रले नाका बन्द गरोस्, भित्रको व्यवस्थापन हामी गर्छौं’

अनलाइनखबर

काठमाडौं

विश्वास खड्काथोकी

ललितपुर महानगरपालिकामा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ भने बिहीबारसम्म ६६ जना संक्रमित छन् । काठमाडौं र तराईका जिल्लालाई हेर्ने हो भने उपत्यकामा संक्रमितको संख्या न्यून हो ।

परीक्षण नभएर वा व्यवस्थापन राम्रो भएर, संक्रमितको संख्या कम भएको हो कि ? यो प्रश्न अहिलेसम्म निरुत्तरित नै छ । कारण जे भए पनि संक्रमतिको संख्या उपत्यकामा दिनानुदिन बढिरहेको छ ।

उपत्यकाभित्र स्थानीय तहका प्रतिनिधिहरुले चाहिँ बाहिरी जिल्लाबाट उपत्यका छिर्ने नाकाहरुमा कडाइ गरिनुपर्नेमा जोड दिएका छन् । काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले अनलाइनखबरसँगको अन्तर्वार्तामा त्यही भने । ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनको निश्कर्ष पनि लगभग त्यस्तै छ ।

आफूहरु कोरोना रोकथामको सन्दर्भमा अति सम्वेदनशील भएर लागिपरेको ललितपुरका मेयर महर्जन बताउँछन् ।

७९ हजार घरपरिवार रहेको ललितपुर महानगरले कोरोनाको जोखिम नियन्त्रणमा कस्ता–कस्ता प्रयास र तयारीहरु गरिरहेको छ त ? पढौं, महर्जनसँग अनलाइनखबरकर्मी विश्वास खड्काथोकीले गरेको कुराकानी :

प्रकाशित मिति: : 2020-08-07 16:33:27

प्रतिकृया दिनुहोस्