संघर्षको अर्को नाम ‘जीवन’

कथा–व्यथा–२

मानिस धेरै प्रकारको जीवन जिउँछन्, एक व्यक्तिले जिउँने जीवन मध्येका केही उदाहरण हुन्, सुखी, दुःखी र बिलासी। जीवन सुन्दर फूल हो भनेर परिभाषित गरिन्छ।

कोही सुख अभिव्यक्त गर्छन्, कोही दुःख। यी मान्छेका फरक स्वाभाव हुन्। कोही सुखमा मात्तिन्छन् त कोही दुःखमा आत्तिन्छन्। खासमा यी कुरा गर्नुहुदैन भनिन्छ, जीवन जिउँन।

तर समाजमा यस्ता ‘जीवन’ हरु पनि छन्, जो सामान्य मान्छेले ठान्ने गरेका ठूला दुःख, अभाव र पीडालाई पनि स्वाभाविक मानेर निरन्तर जीवन संघर्षमा लागिरहन्छन्।

यस्तै मान्छेभित्र पर्छन् बाँकेको बैजनाथका जीवन थापा।

कुनै गीतकारको बहमा लेखिने जीवन, माया, प्रेम रुपी कथा जस्तै सम्पूर्ण जीवन जिइरहेका छन्, उनी। उनको जीवन दुःख र संघर्षको प्रायः जस्तै छ। उनी हरेक दिन बिहानको कामको लागि घरबाट निस्किदा दुःखको भारी बोकेर निस्किन्छन्। साँझपख घर पुग्दा कहिले सामाना बोकेर आउँछन् त कहिले दिनभर भौतारिएर पनि काम नपाउँदा रित्तो हात फर्किन्छन्।

उनको पहिलो विवाह १६ वर्ष अघि भएको थियो। सम्बन्ध धेरै टिक्न सकेन। पहिलो सन्तान ६ वर्षको हुँदा सम्बन्ध बिच्छेद भयो। अहिले छोरा हुर्किएर १२ वर्षको पुगिसके। पहिले देखि नै ज्याला मजदुरी गर्दै आएको थिए उनी। छोरा हुर्काउन निकै हम्मेहम्मे भयो। भनाई नै छ, ‘आमाको साथ बिना बच्चा पुरा टुहुरा हुन्छन्।’ जीवनको पहिलो सन्तानले न आमाको काख पाए न जीवनले श्रीमतीको साथ। उनले छोरा हुर्काउन र पढाउन निरन्तर संघर्ष गरिरहे। जिन्दगी रुपि रथको एक पाँग्राको अभावमा निकै दुःख र हन्डरको सामना गर्नु प¥यो। निरन्तरको तनावले बिस्तारै लागू औषधको दुव्यर्सनमा फसे।

श्रीमतीको अभाव र याद भुलाउन लागू औषधको साहारा लिनु परेको उनी बताउँछन्। ‘संगत अनुसार फल’ भने झैं सगंत पनि त्यस्तै केटाहरुसँग हुन थाल्यो। त्यो अवधिमा पहिला अलि–अलि कमाएको सम्पत्ति सकियो। दिनभरी काम गर्थे। कमाएको पैसा लागू औषध मै सकाउँथे। करिब २ वर्ष उनले यसरी नै जिन्दगी गुजारे। यता उनका छोराको भने हरिबिजोग भयो। बाबु छोरा घर न घाटका भए। जीवन नसाको तालमा कहाँ पुग्थे कहाँ। छोरा आफन्तकोमा बस्न थाले। अर्काको घरमा सधै सित्तैमा कसले पो खुवाउँछन् र? 

एक गाडि मर्मत गर्ने पसलमा सानै उमेरमा काम लगाइदिए। अहिले पनि उनी त्यतै काम गर्छन्। साहुले छोराको जस्तै गरी पालेका छन्।

पछि उनलाई दुव्र्यसनबाट छुटाउन परिवारले फेरी विवाह गर्न प्रस्ताव गरे। एक इन्च समेत आफ्नो जमिन थिएन। न त मनग्य सम्पत्ति नै थियो। आफ्नै जिन्दगीको भर थिएन। विवाह गरेर थप झमेला थप्ने पक्षमा थिएनन्। बहिनीको निरन्तर दबावले उनको दोस्रो जीवनको अध्याय शुरु भयो।
दुव्र्यसनी जीवनको अन्त्य र दोस्रो वैवाहिक जीवनको शुरुवात भयो २०७३ मा।

‘पहिलो मागी विवाह सफल भएन। पछि दुव्र्यसनी भए। अनि फेरी विवाह भयो। अहिले तीन सन्तान छन्,’ उनी भन्छन्, ‘अहिलेसम्मको जीवनको अनुभवले भन्छ, जीवन भनेको संघर्ष हो। सुख र दुःख हो। जिउन जानिएन भने कष्ट समेत भोग्नुपर्छ।’

उनले सोचे अब बाँकी जिन्दगी राम्रोसँग बिताउँछु। सोही अनुसार उनले आफ्नो नराम्रो बानी समेत छोडे। श्रीमतीलाई खुसी दिन हरसम्भव प्रयास गर्थे। त्यसको लागि उनले भारी बोक्दै होटलमा भाँडा माझ्ने काम पनि गरे। जीवन ठिकठाक चलिरहेको थियो। उनको मुख्य काम गर्ने क्षेत्र कोहलपुर हो।

सोचे जस्तो जिन्दगी कहाँ हुँदो रहेछ र?

२०७७ असार २३ गते कुरा हो उनी दुर्घटनामा परी गम्भीर घाइते भए। गर्भवती श्रीमती सरिता थापा बेसाहारा भइन्। एक वर्षकी छोरी निरुता र  दुई वर्षका छोरा सुनिल साहाराविहीन भए। उनले त्यो कालो दिन  बिएल नेपाली सेवासँग यसरी सुनाए।

‘राति ८ ः३० बजेतिरको कुरा हो। म जंगलबाट दाउरा साइकलमा बोकेर आइरहेको थिए, कोहलपुर –१३ को निवूवा पुलमा। उताबाट ठूलो लाइट बालेर अटो रिक्सा आइरहेको थियो। पुल नजिकै ठक्कर दियो। म खोला नजिकैको जंगलमा बजारिए। त्यस पछि के भयो मलाई थाहा भएन।’

पछि गाउँलेले देख्दा उनी बेहोस अवस्थामा लडिरहेका थिए। गाउँलेले चप्परगौडी प्रहरी बिटलाई जानकारी गराए। उनलाई उद्धार गरियो। प्रहरीले कोहलपुर शिक्षण अस्पातल पु¥यायो। २४ गते बिहान भेरी अस्पताल पु¥याइयो। तीन दिन पछि होस खुल्दा उनी अस्पतालको बेडमा थिए। 

‘होस खुल्ला अस्पतालको बेडमा थिए। मलाई मेरो घाउको बारेमा जानकारी दिइएन। श्रीमती र छोराछोरी यादले सतायो।’ उनले आफ्नो अवस्थाको बारेमा प्रहरीलाई सुनाए। उनको दुःख सुनेका प्रहरीले दुई हजार रुपैयाँ दिए। त्यति बेलासम्म श्रीमती र बच्चाको बिचल्ली भइसकेको थियो। 

भन्छन्, ‘अटो रिजर्व गरेर घर आउँदा गर्भवती श्रीमती र बच्चा भोकै रैछन्। म पनि अपांग शरिर बोकेर आए। हामी पूर्ण रुपमा बेसाहारा भयौं।’ उनको टाउकोमा ७ टाँका लाइएको थियो। दायाँ खुट्टाको कम्मर मुनीको हड्डी भाँचिएको छ। पछाडि पट्टी पातामा गहिरो चोट छ। 

उनको उपचारको लागि सहयोग अभियान चलाइयो। सहयोग रकम पनि जुट्यो। गाउँपालिकाको पहलमा उपचार भयो। सबैको सहयोगमा  जीवनको परिवारमा खुसी थपिएको छ। दुई साता अघि जीवनकी श्रीमतीले छोरा जन्माइन्। अबको जीवनको काँधमा छोराछोरीलाई राम्रोसँग पालनपोषण गर्ने र हुर्काउने हो। 

भन्छन्, ‘अब असल श्रीमान र असल बुबा बन्छु। त्यो भन्दा पनि सुख, दुःख गरेर सामान्य जिउनु छ।’

कथा–व्यथा–१ ‘मरौं काल आउँदैन, बाँच्न मनै छैन’

प्रकाशित मिति: : 2020-08-07 22:07:00

प्रतिकृया दिनुहोस्