पाकिस्तानको एक अर्ब डलरको ऋण चीनले तिरिदियो

एजेन्सी

इस्लामाबाद

साउदी अरबसँग बिग्रिदो पाकिस्तानको सम्बन्धका बीच चीनले पाकिस्तानको एक अर्ब डललरको ऋण चुक्ता गरिदिएको छ। पाकिस्तानले डेढ वर्षअघि साउदीसँग ३ अर्ब डलर ऋण लिएको थियो। 

काश्मिरको विवादलाई लिएर पाकिस्तान र साउदीबीच सम्बन्ध पेचिलो बन्दै गइरहेको छ। भारतले गत वर्ष जम्मू तथा काश्मिरमा धारा ३ सय ७० हटाउने निर्णय गरेपछि पाकिस्तानले यसको विरोधमा मुस्लिम देशहरूको संगठनसँग चर्चा गर्न बैठकको आवहान गर्दै आइरहेको छ। 

तर, साउदी र युनाइटेड अरब इमिरेट्स (युएई) मुस्लिम देशहरूको बैठक बोलाउने कुरामा तयार छैनन्। उनीहरूले आलटाल गर्दै आइरहेका छन्।
 
करिब डेढ वर्षअघि आर्थिक अवस्था कमजोर भएपछि पाकिस्तानले माग गरेको ऋण सम्झौतामा अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र एसियन डेभलपमेन्ट बैक ((एडीबी) ले कडा सर्त राखेको थियो। 

यसपछि पाकिस्तानले यी दुई संस्थाबाट ऋण नलिएर साउदीसँग ३ अर्ब डलर लिएको थियो।

प्रकाशित मिति: : 2020-08-08 22:03:53

प्रतिकृया दिनुहोस्