सुन र चाँदीको मूल्यमा सामान्य गिरावट

नेपाली बजारमा नयाँ कीर्तिमानी कायम गरेको सुनको भाउ घट्न थालेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेको छ। महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँ, तेजावी १ लाख १ हजार ९ सय रुपैयाँ तथा चाँदी १ हजार ३ सय ९५ रुपैयाँ तोकेको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ, तेजावी १ लाख २ हजार १ सय रुपैयाँ तथा चाँदी १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो।

गत बिहीबार सुन प्रतितोला एक लाख ३ हजार ५ सय रुपैयाँ पुगेर हालसम्मकै उच्च विन्दुमा पुगेको. थियो ।

अन्तर्राष्ट्रिय बजारमा भाउ घटेपछि नेपाली बजारमा पनि सुनको भाउ घटेको हो। नेपालमा अन्तर्राष्ट्रिय बजारमा निर्धारण हुने सुनको भाउ अनुसार मूल्य निर्धारण हुने गरेको छ ।

प्रकाशित मिति: : 2020-08-10 12:50:46

प्रतिकृया दिनुहोस्