बेरुतमा भएको शक्तिशाली बिस्फोटपछि लेबनानी सरकार ढल्याे

बेरुतमा भएको शक्तिशाली बिस्फोटपछि उत्कर्षमा पुगेको सर्वसाधारणको आक्रोशपछि लेबनानको सरकार ढलेको छ।

प्रधानमन्त्री हसन डिएबले सोमबार बेलुका राजीनामा दिएको घोषणा गरेका हुन्। उनले यो घोषणा टेलिभिजन सम्बोधन मार्फत गरेका हुन्। यता मन्त्रीपरिषदका सबैले राजीनामा दिएका छन्।

सर्वसाधारणले नेताहरुको बेवास्ता र भ्रष्टाचारका कारण देशको अवस्था खराब बनेको र सोही कारण बिस्फोट पनि भएको आरोप लगाएका छन्।

राजधानी बेरुतको समुन्द्री तट नजिकै विगत ६ वर्षदेखि गोदाममा असुरक्षित रुपमा भण्डारण गरिएको २७ सय ५० टन एमोनियम नाइट्राइट मंगलबार बिस्फोट भएकाे थियाे। एमोनियम नाइट्रेड खेतीमा मल तथा बिस्फोटक पदार्थका रुपमा पनि प्रयोग हुन्छ। तर बिस्फोटको कारण अहिलेसम्म पत्ता लागेको छैन।

बिस्फोटमा २२० जनाभन्दा बढीले ज्यान गुमाएका थिए। ११० जना अझै बेपत्ता छन्। ६ हजार मानिस घाइते भएका छन्।
 
त्यसपछि विरोध लगातार प्रदर्शन हुँदै आएको छ। घटनापछि राष्ट्रपति मिचेल ओउनले आपतकाल घोषणा गरेका छन्।

बुधबार बसेको मन्त्रीस्तरीय मिटिङपछि राष्ट्रपति ओउनले दुई साताका लागि आपतकालको घोषणा गरेका छन्। 

अपतकाल नसकिदै सरकार ढलेपछि अर्को मन्त्री परिषद गठन नहुँदासम्म कार्यवाहकको भूमिका निर्वाह गर्न राष्ट्रपति ओउनले आग्रह गरेका छन्।

याे पनि 

लेबनानको राजधानी बेरुतमा ठूलो विस्फोट : दर्जनौं भवन ध्वस्त

लेबनानमा दुई साताका लागि आपतकाल घोषणा 

बेरूतमा रहेका नेपाली सुरक्षित, बिस्फोटमा परि मर्नेको संख्या १०० नाघ्यो

लेबनानको राजधानी बेरुतमा ठूलो विस्फोट : दर्जनौं भवन ध्वस्त

बिस्फोटपछि बेरुतमा कोरोना संक्रमितको संख्या बढ्न सक्ने स्वास्थमन्त्रीकाे चिन्ता

प्रकाशित मिति: : 2020-08-11 07:50:42

प्रतिकृया दिनुहोस्