यस्तो छ कोरोना भ्याक्सिनको पहिलो ‘स्याम्पल’

रुसले आधिकारीक रूपमा कोरोनाको भ्याक्सिनको पहिलो ‘स्याम्पल’ सार्वजनिक गरेको छ। मंगलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भ्याक्सिन निर्माण भएको घोषणा गरेको भोलिपल्ट स्वास्थ्य मन्त्रालयले ‘स्याम्पल’ सार्वजनिक गरेको हो। 

पुटिनले आफ्नो छोरीलाई भ्याक्सिनको डोज प्रयोग गरिएको दावी गरे। तर, उनले दुई छोरी मारिया र यकेटेरिनामध्ये कसलाई भ्याक्सिनको डोज दिएको त्यो स्पष्ट पारेनन्। 

रुसले कोरोना भ्याक्सिन पहिलोपल्ट दर्ता गरेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लगायत थुप्रै चिकित्सकले प्रश्न उठाएका थिए। रुसले कोरोनाको औषधि बनाउने पहिलो देश भएको दावी गरिरहेको बेला डब्ल्यूएचओले तेस्रो चरणको परीक्षण नगरेको आरोप लगाएको थियो। 

रुसमा बनेको भ्याक्सिनको विश्वसनीयतालाई लिएर प्रश्न उठिरहेको छ। तर, रुसी स्वास्थ्य मन्त्री मिखाइल मुरास्कोले विश्वका २० राष्ट्रले ‘स्पुटिनिक–भी’ नाम दिएको भ्याक्सिनको अर्डर गरेको दाबी गरे। रूसबाट सर्वजनिक वेभ साइटमा भनिएको छ, ‘साउदी अरब, इन्डोनेशिया, फिलिपिन्स, ब्राजिल, मेक्सिको र भारत जस्ता देशले भ्याक्सिन खरिद गर्ने इच्छा जनाएका छन्।’

रुसले निर्माण गरेको भ्याक्सिनलाई आफ्नो एउटा अति महत्वकांक्षी भू–उपग्रहको नाम ‘स्पुटिनिक–बी’ बाट राखेको छ। यो उपग्रह सन् १९५७ मा लञ्च गरिएको थियो। रुसले गत महिना नै घोषणा गरेको थियो, १०–१२ अगस्टको बीचमा भ्याक्सिन सार्वजनिक हुनेछ। 

रुसले यो भ्याक्सिन पहिले बृद्धबृद्धा तथा स्वास्थ्यकर्मीमा प्रयोग गरिने तथा अक्टुबरसम्म बजारमा आइपुग्ने दाबी गरेको छ।

प्रकाशित मिति: : 2020-08-12 16:22:37

प्रतिकृया दिनुहोस्