सुनचाँदीको भाउ फेरि बढ्यो

सुनचाँदीको भाउ आज फेरि बढेको छ। सुन आज तोलामा २ हजार ४ सय रुपैयाँ बढेर तोलाको ९७ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि हिजो एकैदिन तोलामा ६ हजार २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९५ हजार ४ सय रुपैयाँमा झरेको थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ८५ रुपैयाँ बढेर तोलाको एक हजार २ सय ९५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । 

कोरोना सङ्क्रमण बढिरहँदा लगानीकर्ता सुनमा आकर्षित भएकाले भाउ महँगो हुँदै तोलाको एक लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो।

तर रुसले कोरोनाविरुद्धको खोप तयार गरेको दाबी गरेपछि हिजो एकैदिन तोलामा ६ हजार २ सय रुपैयाँ घटेको सुनको भाउ युरोपियन देशले खोपमा अविश्वास गरेपछि आज फेरि भाउ बढेको हो।

प्रकाशित मिति: : 2020-08-13 10:49:52

प्रतिकृया दिनुहोस्