विश्व नम्बर एक टेनिस खेलाडी जोकोभिकले युएस ओपन खेल्ने

एजेन्सी

काठमाडाैं

विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिकले यस वर्षको युएस ओपन खेल्ने भएका छन्।

बिहीबार सामाजिक सञ्जालबाट आफूले युएस ओपन खेल्ने निर्णय गरेको बताएका छन्।

यस्तै सर्बियन स्टार जोकोभिकले सिनसिनाटी ओपनसमेत खेल्ने बताएका छन्।

कोरोना भाइरसको महामारीको कारण पछिल्लो ठूला खेलाडीले प्रतियोगिता नखेल्ने बताइरहदा जोकोभिक भने खेल्न घाेषणा गरेका हुन्।

‘धेरै पक्षको अवरोध र चुनौतीबीच यो निर्णय सहज थिएन। युएस ओपन र सिनसिनाटी खेल्ने पक्का गर्दा म खुशी छु,’ जोकोभिकले भनेका छन्।

३३ वर्षीय जोकोभिकले ३ पटक युएस ओपन जितेका छन्। यता स्पेनिस राफायल नाडालले युएस ओपन नखेल्ने बताइसकेका छन्।

यस्तै महिलाको विश्व नम्बर एक अँशली बार्टी, एलिना स्विटोलिना र  किकी बेर्तेंसले युएस ओपन नखेल्ने बताइसकेकी छिन्।

न्युयोर्कमा हुने सिनसिनाटी अगस्ट २० देखि २८ सम्म आयोजना हुँदैछ। यता युएस ओपन अगस्ट ३१ बाट सुरु हुनेछ।

प्रकाशित मिति: : 2020-08-14 05:36:03

प्रतिकृया दिनुहोस्