थाइल्याण्डमा प्रजातन्त्रको पक्षमा बृहत प्रदर्शन

प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरिरहेका तीन अधिकारकर्मीको गिरफ्तारीपछि उनीहरूको रिहाइ र सरकारको विरोधमा राजधानी बैंककमा बृहत विरोध प्रदर्शन भएको छ । प्रजातन्त्रका लागि आवाज उठाएकै भरमा सरकारले अभियानका अगुवालाई पक्राउ गरेपछि बैंककमा आइतबारको आन्दोलन तय भएको हो । 

थाइल्याण्डमा विद्यार्थी समूहको नेतृत्वमा सन् २०१४ मा सैन्य विद्रोह नेतृत्व गर्ने पूर्व सैन्य प्रमुख तथा प्रधानमन्त्री प्रयुत चान–ओ–चा र उनको समर्थन रहेको संस्थापन पक्षको विगत केही महिनादेखि भर्त्सना गर्दै  दैनिक प्रदर्शनहरू भइरहेका छन् । 

शुक्रबार राति लोकप्रिय विद्यार्थी नेता पारित चिवराकलाई रिहा गरेपछि उनले बैंककको लोकतन्त्र स्मारकमा जाने आइतबारको जुलुसमा सहभागी हुने वाचा गरेका थिए । “हामी तपाईंलाई निराश तुल्याउने छैनौँ,” प्रहरीले विद्यार्थी नेतालाई रिहा गरेपछि स्वागतका लागि प्रहरी कार्यालय बाहिर जम्मा भएका समर्थकहरुको भीडलाई उनले भने । 

हजारौंले भाग लिएको भनिएको विरोध प्रदर्शनको तालिका सुरु हुनुअघि नै सयौं सुरक्षाकर्मीहरू कार्यक्रम स्थलमा पुगेका थिए ।  आंशिक रूपमा हङकङको प्रजातान्त्रिक आन्दोलनबाट प्रेरित आन्दोलनकारीहरूले नेतृत्वविहीन अवस्थामा युवाहरू स्वतः स्फुर्त सडकमा आएको दाबी गरिएको छ । 

उनीहरूले देशभर समर्थन प्राप्त गर्न प्रायः सामाजिक सञ्जालमार्फत् अभियान चलाएका छन् ।  

आन्दोलनकारीहरूले सरकारको अवरोध र सन् २०१७ मा सैन्य प्रशासनद्वारा लिपिबद्ध संविधानको पुनर्लेखनको माग गरिरहेका छन् । प्रदर्शनकारीहरूले गत वर्षको चुनावमा प्रयुतको सैन्य गठबन्धन पार्टीको पक्षमा जनमत आउनुमा षड्यन्त्र भएको दाबी गरेका छन् । 

गत हप्ता करिब चार हजारको सङ्ख्यामा भेला भएको प्रजातन्त्र पक्षधर समूहले एउटा जुलुसको आयोजना गरी थाइल्याण्डको ‘अनुपलब्ध राजतन्त्रको रक्षा गर्ने कानून खारेज गर्न र थाइल्याण्डमा शाही संस्थाको भूमिका’ बारेमा स्पष्ट छलफलको लागि आह्वान गरिएको थियो । 

प्रकाशित मिति: : 2020-08-16 22:44:22

प्रतिकृया दिनुहोस्