इजरायलमा कार्यरत ११० चिनियाँ मजदुरमा कोरोना संक्रमण

एजेन्सी

जेरुसलम

इजरायलमा कार्यरत १ सय १० चिनियाँ मजदुर कोरोनाबाट संक्रमित भएका छन्। उनीहरू निर्माण कार्यमा सक्रिय रहेको बताइएको छ। 

चिनियाँ मजदुरहरू टेकवा शहरको पेटाच क्षेत्रमा कार्यरत थिए। सबैभन्दा पहिले १३ अगस्टमा यहाँ बसोबास गर्ने १३ देखि २० जना मजदुरमा कोरोना संक्रमण रहेको खबर बाहिरिएको थियो। 

यसपछि जाँच गर्नेक्रममा १ सय १० जनामा कोरोना संक्रमण फेला परेको हो। 

इजरायलमा हाल चीनका ठूला परियोजनाहरू सञ्चालनमा छन्।

प्रकाशित मिति: : 2020-08-20 07:45:13

प्रतिकृया दिनुहोस्