इतिहासमै सर्वाधिक कम उमेरको गोलकर्ता बनेका पेड्रो बार्सिलाेनामा

क्याटलान क्लब बार्सिलोनाले पेड्रो गोन्जालेज लोपेजलाई अनुबन्ध गरेको छ।

बार्सिलोनाले १७ वर्षीय स्पेनिस युवा मिडफिल्डर पेड्रोलाई दोस्रो डिभिजन क्लब लास पाल्मसबाट अनुबन्ध गरेको हो।

उनी १६ वर्षको उमेरमा गोल गर्दै पाल्मसको क्लब इतिहासमै सर्वाधिक कम उमेरको गोलकर्ता बनेका थिए। 

बार्सिलोनाले पेड्रो अनुबन्धका लागि गत सेप्टेम्बरमा नै पाल्मससँग सहमति गरेको थियो।

पेड्रोले पाल्मसका लागि ३६ खेलमा ४ गोल गरेका थिए।

पेड्रोले स्पेनको यू-१७, यू-१८ र यू-१९ टोलीबाट खेलिसकेका छन्।

प्रकाशित मिति: : 2020-08-21 05:54:03

प्रतिकृया दिनुहोस्