मध्यपूर्वमा कोरोनाबाट सबैभन्दा प्रभावित देश इरान, २० हजार बढीको निधन

एजेन्सी

तेहरान

इरानमा कोरोनाका कारण मर्नेको संख्या २० हजार नाघेको छ। पश्चिम एसियामा कोरोना संक्रमणका कारण यति धेरै मानिस मरेको यो ठूलो घटना हो।

मध्यपूर्वमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित देश पनि इरान नै हो।इरानमा ३ लाख ५० हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। 

महामारीका बीच पनि विश्वविद्यालयको इन्ट्रान्स परीक्षाको स्विकृति सरकारले दिएको भन्दै यसको आलोचना भइरहेको छ। 

विदेशी मिडियाले इरानलाई कोरोनाको रिपोर्ट लुकाएको भन्दै आलोचना पनि गरेका थिए।

प्रकाशित मिति: : 2020-08-21 07:41:22

प्रतिकृया दिनुहोस्