न्यूयोर्कमा सानिमा एक्स्प्रेसको सेवा आरम्भ

नेपालीको बाक्लो बसोवास रहेको अमेरिकाको न्यूयोर्क शहरमा सानिमा एक्सप्रेसले सेवा आरम्भ गरेको छ।

न्यूयोर्कको क्वीन्सस्थित ज्याक्सन हाइटमा सहुलियत दरमा नेपालमा रकम पठाउन सकिने सेवासहित सानिमा एक्सप्रेसको सुरुवात गरिएको सञ्चालक प्रदिप श्रेष्ठले बताए।

न्यूयोर्कमा नेपाली समुदायका अगुवाहरुको उपस्थितिमा एक समारोहबीच न्यूयोर्कस्थित महावाणिज्यदूतावासका कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्राईले सानिमा एक्सप्रेसको शुभारम्भ गरे।

सानिमा एक्सप्रेसका संचालक प्रदीप श्रेष्ठले न्यूयोर्कबाट ब्यबसाय शुरुवात गरी बिस्तारै अन्य क्षेत्रमा बिस्तार गर्दै लैजाने योजना रहेको बताए।

प्रकाशित मिति: : 2020-08-24 21:18:55

प्रतिकृया दिनुहोस्