कति सम्भव छ, युएई र इजरायलबीच सैन्य सम्झौंता?

युनाईटेड अरब इमिरेट्स (युएई) ले इजरायलसँगको ४८ वर्ष पुरानो बहिस्कारवादी नीति रद्द गरेको छ। यसको घोषणा युएईका प्रमुख शाषक खलिफा बिन जायद अल नाह्याले गरेका छन्। 

युएई र इजरायलबीच सम्बन्ध बलियो बनाउन ३१ अगस्ट भोलीको दिन महत्वपूर्ण मानिएको छ। अबु धाबीमा आयोजना हुने महत्वपूर्ण बैंठकका लागि इजरायल र अमेरिकाका माथिल्लो तहका पदाधिकारी भोली अबु धाबी पुग्ने स्थानीय मिडियाले जानकारी दिएका छन्। यही बैठकपछि दुई देशबीच प्रमुख व्यापार सम्झौंता हुने आशा गरिएको छ। 

इजरायल र अमेरिकी मण्डलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष सल्लाहकार जेरेड कुसनर पनि हुने बताइएको छ। यो टोली सोमबार बिहार १० बजे तेल अविवबाट उडेर अबु धाबी पुग्ने छ। 

मिडिया रिपोर्टअन्तर्गत युएई र इजरायलबीच छिट्टै दूतावास खुल्दैछ। जसले दुई देशबीच कूटनीतिक सम्बन्ध विस्तार गर्न सहज हुनेछ। सोमबारको बैठकपछि इजरायलले अमेरिका झैं युएईलाई पनि आफ्नो व्यापारीक सम्बन्ध भएको देशको सूचिमा राख्नेछ। 

मध्यपूर्वमा चीन र इरानबीच बलियो हुँदै गएको सम्बन्धका कारण युएईले पछिल्लो समय इरानबाट खतरा महसुस गर्दै आइरहेको थियो। 

यसैले क्षेत्रीय सन्तुलनका लागि अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशनमा युएई र इजरायलबीच दुई साताअघि सम्बन्ध स्थापना भएको हो। खाडी देशमा इजरायलसँग कुटनीतिक सम्बन्ध स्थापित गर्ने युएई पहिलो देश हो। 

इरानसँग सम्भावित सैन्य खतरालाई रोक्न युएईले इजरायलसँग सोमबार सैन्य सम्झौंता गर्ने सम्भावना पनि प्रबल छ। 

युएईले सन् १९७२ देखि इजरायलसँग सोझैं सम्पर्क बनाउन नपाउने नियम लागु गरेको थियो। सोमबारको बैठकपछि यी सबै नियमावली परिवर्तन हुनेछ भने दुई देशका व्यापारीले खुलारूपमा व्यापार गर्न सक्नेछन्। 

यसले इजरायली सामान रोकटोक बिना युएईको बजारमा आउने छ। केही वर्षयता ‘ब्याक डोर’ बाट दुई देशका व्यापारी व्यवसाय गर्दै आइरहेका थिए। पछिल्लो २० वर्षमा इजरायलका ५ सय कम्पनी युएईसँग व्यापारमा जोडिएका थिए। 

सोमबार सम्झौंता पत्रमा हस्ताक्षर भएपछि दुबै देशको व्यापार केही वर्षभित्र १५ अर्ब डलर पुग्ने आशा गरिएको छ।

प्रकाशित मिति: : 2020-08-30 20:09:25

प्रतिकृया दिनुहोस्