सुनको मूल्य तोलाको पुनः लाखतिर उन्मुख, चाँदी १४ सय नजिक

सुनको मूल्य फेरि तोलाको १ लाख रुपैयाँतर्फ उन्मुख भएको छ । आइतबारदेखि निरन्तर बढेर सुनको मूल्य आज तोलाको ९८ हजार ४ सय रुपैयाँ पुगेको छ । सुनको मूल्य हिजोको तुलनामा ९सय रुपैयाँले बढेको हो । सोमबार सुन तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

छापावाल सुनसँगै मंगलबार तेजावी सुनको मूल्य पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार तेजावी सुन पनि आज तोलाको ९ सयले महंगिएर ९७ हजार ९ सय रुपैयाँ पुगेको छ । सुनको मूल्यले ३ साताअघि १ लाख ३ हजार ५ सयमा कारोबार भएर रेकर्ड राखेको थियो । त्यसयता मूल्य घटेर ९५ हजार ४ सयसम्म झरेको थियो ।

सुनको मूल्य बढ्दा चाँदीको मूल्यमा पनि ३० रुपैयाँको वृद्धि आएर तोलाको १३ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति: : 2020-09-01 11:28:52

प्रतिकृया दिनुहोस्