हल्यान्ड गाेल गरेपनि अष्ट्रियासँग नर्वे पराजित

 नर्वे नेसन्स लिग फुटबलमा पराजित भएको छ।

घरेलु मैदानमा शुक्रबार भएको खेलमा नर्वे अष्ट्रियासँग २–१ ले पराजित भइको हो। 

समूह इको खेलमा माइकल ग्रेगोरिट्स र मार्सेल सबिट्जरको पेनाल्टी गोलमा अष्ट्रियाले २–० को अग्रता बनाएको थियो।

इर्लिङ हल्यान्डले सिनियर टिमबाट पहिलो गोल गोल गर्दै नर्वेलाई खेलमा फर्काउने कोशिश गरेपनि टिमको हार टार्न सकेनन्। 

यता समूह एको अर्को खेलमा खेलमा भर्जिल भान डिजिकको नेतृत्वमा मैदान उत्रिएको नेदरल्याण्डले पोल्याण्डलाई हरायो। स्टीवन बर्गविजनको गोलमा डच टिमले जित निकालेको हो।

घरेलु मैदानमा हान्स हेटबोयरको पासलाई सदुपयोग गर्दै बर्गविजनले खाली पोस्टमा गोल गरेका थिए।  

पोल्याण्ड मुख्य फरवार्ड रोबर्ट लेवान्डोस्की बिनै मैदान उत्रिएको हो। 

समूह एकै अर्को खेलमा इटालीले बोस्निया हर्जगोभिनासँग १–१ गोलको बराबरी खेल्दै अंक बाँड्यो। इडिन जोकोले गोल गर्दै पाहुना टोली बोस्नियालाई अघि बढाएका थिए। स्टेभानो सेन्सीलेले बराबरी गोल फर्काउदै इटालीको हार टारेका थिए।

अन्य खेलमा समूह एफमा चेक रिपब्लिकले स्लोभाकियाबिरुद्ध ३–१ को प्रभावशाली जित निकाल्यो।  समूह एलको खेलमा काजकिस्तानले लिथुनियालाई २–० ले हराउँदा अल्बानियाले बेलारुसमाथि २–० को जित निकाल्न सफल भयो।

प्रकाशित मिति: : 2020-09-05 06:56:16

प्रतिकृया दिनुहोस्