अमेरिकी चुनावः रुस र चीनमाथि भ्याक्सिनको डेटा चोरी गर्न लागेको आरोप

अमेरिकी जासुसी संस्थाले एकपल्ट फेरि रुस र चीनमाथि ठूलो आरोप लगाउँदै यी दुई देश अमेरिकाले निर्माण गर्न लागेको कोरोना भ्याक्सिनको रिसर्चको डेटा चोरी गर्ने अभियानमा जुटेको बताएको छ। 

अमेरिकाको फाइजरसहित केही कम्पनी भ्याक्सिन तयार गर्ने अभियानमा जुटेका छन्। नर्थ क्यारोलिना विश्वविधालयलगायत केही हाईटेक ल्याबमा रिसर्चको काम तीब्र गतिमा भइरहेको छ।

रुस र चीनका जासुसी संस्था भने रिसर्चको डेटा चोरी गर्ने अभियान जुटेका छन्। बेलायती जासुसी संस्थाले फाइबर अप्टिकल केबलको अनुसन्धान गर्ने क्रममा यो तथ्य बाहिर आएको हो। इरान पनि यो अभियानमा समावेश भएको आशंका गरिएको छ। 

कोरोना भ्याक्सिनको अर्थतन्त्रमा ठूलो महत्व भएका कारण यतिबेला सबै विकसित देश चनाखो भएर बसेका छन्। उनीहरू अरु देशको प्रगति रिपोर्ट गोप्य रूपमा चोरी गर्ने अभियानमा सक्रिय छन्। र, यस कार्यमा जासुसी संस्थालाई प्रयोग गरिएको छ। 

अमेरिकाले पनि सम्भावित डेटा चोरीलाई रोक्न सुरक्षाको पुरा तयारी गरेको छ। नाटोको जासुसी नेटवर्कले अमेरिकालाई सहयोग गरिरहेको छ। 
अमेरिकाको कानुनी विभागका उच्च अधिकारी जोन डिमर्सले गत साता भनेका थिए, ‘जुन डेटाको चोरी गर्ने उद्देश्य राखिएको छ, त्यो आर्थिक र सैन्य हिसाबले महत्वपूर्ण छ। हामीलाई थाहा छ, यो काम कसले गरिरहेको छ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई पहिले दिँदै आएको आर्थिक सहयोग ‘चीनको कठपुतली भएको भन्दै’ बन्द गरिसकेका छन्। विभिन्न रिपोर्टका अनुसार अमेरिकी अधिकारीलाई चीनको सक्रियता मार्च महिनादेखि नै थाहा थियो। उनीहरूले चीनलाई डब्ल्यूएचओले सहयोग गरिरहेको आशंका गरेका थिए।  

फेडरल इन्टलिजेन्स एजेन्सी (एफबीआई) ले चीनको सबै प्रयासलाई असफल तुल्याएको छ। यूएनसीकी प्रवक्ता लेस्ली मिन्टनले केही दिनअघि भनेकी थिइन, ‘जासुसी संस्थाले हामीलाई सम्भावित खतराको विषयमा अगाडि नै अवगत गराउने गर्छ। हामी पनि सबै बायोटेक्नोलोजी ल्याब्सलाई सबै जानकारी दिन्छौं। हामीलाई थाहा छ, यसमा उनीहरूको सरकार पनि संलग्न छ।’

बेलायतको इलेक्ट्रोनिक सर्विलेन्स एजेन्सी (जीसीएचक्यू) ले अमेरिकालाई रुसको भित्री गतिविधिको विषयमा सरकारलाई जानकारी दिइसकेको छ। यसपछि होमल्याण्ड सुरक्षा निकाय र एफबीआई सक्रिय भएको थियो। 

अमेरिकामा राष्ट्रपतिको चुनाव ३ नोभेम्बरमा हुँदैछ। देशको सबै अंग चुनावी तयारीमा सक्रिय भएको बेला रुस र चीनको जासुसी संस्थाहरूको बढ्दो सक्रियता अमेरिकाका लागि पनि चिन्ताको विषय बन्ने पक्का छ। 

 जुलियन बार्नेस–माइकल वेनुटोली (न्युयोर्क टाइम्स) 

प्रकाशित मिति: : 2020-09-06 22:06:37

प्रतिकृया दिनुहोस्