अग्रता जाेगाउन नसक्दा जर्मनी युरोपियन नेशन्स लिग फुटबलमा स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएकाे छ।
जित बिहीन रहेको जर्मनीले समूह ए मा रहेकाे जर्मनीले आइतबार राति भएको खेलमा स्वीट्जरल्याण्डसँग १–१ गाेलको बराबरी खेलेकाे हाे। जर्मनी लगातार दुई खेलमा बराबरीमा रोकिएको हो।
१४ औँ मिनेटमा आइकेली गुण्डोगानको गोलबाट लिएको अग्रता जर्मनीले जोगाउन सकेन।
स्वीट्जरल्याण्डका लागि ५७ औँ मिनेटमा सिल्भान विड्मरले बराबरी गोल फर्काए।
यसअघिको पहिलो खेलमा पनि जर्मनी स्पेनसँग १–१ को बराबरीमा रोकिएको थियो।
पहिलो खेलमा युक्रेनसँग २–१ ले पराजित भएको स्वीट्जरल्याण्डले भने पहिलो अंक जोडेको छ।