यस्तो छ आज सुन चाँदीको बजार भाउ

नेपाली बजारमा आज सुनको मूल्यमा स्थिरता छाएको छ । आइतवार प्रतितोला छापावाल सुनको मूल्य ९६ हजार १ सय रहेको थियो । भने आज पनि त्यहि मूल्य कायम भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकामे छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९५ हजार ६ सय रहेको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि स्थिरता छाएको छ । आइतवार प्रतितोला १ हजार ३ सय २० कायम भएको चाँदीको मूल्यमा पनि स्थिरता छाएको हो ।

प्रकाशित मिति: : 2020-09-07 12:25:14

प्रतिकृया दिनुहोस्