सिटीका महारेज र लापोर्टेलाई कोरोना

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका दुई खेलाडीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

सिटीले सोमबार एक विज्ञप्ति जारी गर्दै रियाद महारेज र एम्रिक लापोर्टेलाई कोरोना संक्रमण देखिएको जनाएको छ।

सिटीले दुबै खेलाडीमा कोरोनाको कुनैपनि लक्षण नभएको समेत जनाएको छ ।

तर, दुवै खेलाडीलाई सेल्फ आइसोलेसनमा राखिएकाे छ।

पेप ग्वार्डिओलाको सिटीले प्रिमियर लिगको नयाँ सिजन अन्तर्गत पहिलो खेल वल्भ्ससँग सेप्टेम्बर २१ मा खेल्नेछ।

सिटीका दुवै खेलाडी १० दिन सेल्फ आइसोलेसनमा बस्ने बीबीसीले जनाएको छ। त्यसपछि महारेज र लापोर्टे वल्भ्सविरुद्धको खेलमा खेल्न सक्नेछन् ।

प्रकाशित मिति: : 2020-09-07 15:08:22

प्रतिकृया दिनुहोस्