युरोपियन नेशन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा विश्व विजेता फ्रान्सले उपविजेता क्रोएसियालाई पराजित गरेको छ।
फ्रान्सको घरेलु मैदान पार्क डि प्रिन्सेसमा भएकाे खेलमा क्रोएसिया ४–२ गाेल अन्तरले पराजित भएकाे हाे।
सन् २०१८ को विश्वकप फाइनलमा पनि फ्रान्सले क्रोएसियालाई ४–२ ले नै पराजित गरेको थियो।
खेलमा क्रोएसियाले पछिल्लाे विश्वकप जै सुरुवाती अग्रता लिएर पनि त्यसलाई जोगाउन सकेन।
१६ औँ मिनेटमा डिजेन लोभरेनले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए।
तर, खेलकाे ४३ औँ मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गरेर फ्रान्सलाई बराबरीमा ल्याए।
बराबरीमा खेल आएपछि क्राेएसिया केही आत्तिएकाे थियाे। पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोविचले आत्मघाती गोल गरेसँगै पहिलाे हाफ फ्रान्स २–१ ले अगाडी रह्याे।
दाेस्राे हाफकाे ५५ औँ मिनेटमा जोसिप ब्रेकालोले गोल गरेर क्रोएसियालाई २–२ गाेलकाे बराबरीमा ल्याए।
तर, त्यसपछि फ्रान्सले लगातार दुई गोल गर्न सफल भयो। ६५ औँ मिनेटमा डायोट उपामेकानोले गोल गरेसँगै फ्रान्सले ३–२ काे अग्रता कायम गर्याे।
७७ औँ मिनेटमा पाएको पेनाल्टीमा ओलिभर जिरउडले गोल गरेपछि फ्रान्सको ४–२ को जित निश्चित भएको हो। जिरउडले फ्रान्सका लागि अहिलेसम्म ४० गोल गरेका छन्।
फ्रान्सले जित हात पारेपनि अंकतालिकामा गोलअन्तरमा पोर्चुगलले फ्रान्सलाई उछिनेको छ। पोर्चुगल र फ्रान्सको ६–६ अंक रहँदा क्रोएसिया र स्वीडेन अंकविहिन छन्।
अन्य खेलकाे नतिजा
मंगलबार राति नै भएका खेलमा बेल्जियमले आइसल्याण्डलाई ५–१ ले हराएकाे छ। यस्तै अर्मेनियाले इस्टोनियालाई २–०, अजरबैजानले साइप्रस तथा मोन्टेनेग्रोले लग्जेम्बग्रलाई समान १–० तथा लिचेस्टाइनले सान मारिनोलाई २–० ले पराजित गरेका छन्।
यस्तै इंग्ल्याण्ड र डेनमार्कले गोलरहित बराबरी तथा जर्जिया र उत्तरी मेसेडोनियाले १–१ को बराबरी खेलेर अंक बाँडेका छन्।