गम्भीर ‘रियाक्सन’ देखिएपछि अक्सफोर्डले बनाएको खोपको अन्तिम चरणको परीक्षण रोकियो

बिएल संवाददाता

न्यूयाेर्क

अक्सफोर्ड विश्वविद्यालयले बनाएको कोरोना भाइरसविरुद्ध खोपको अन्तिम चरणको मानवीय परीक्षण तत्कालका लागि रोकिएको छ।

एस्ट्राजेनेकासँगको सहकार्यमा अक्सफोर्डले बनाएको खोपको परीक्षण रोकिएको सम्बन्धी समाचार सबैभन्दा पहिले स्वास्थ्य सम्बन्धी खबर प्रदान गर्ने वेबसाइट ‘स्टाट न्यूज’ले प्रकाशित गरेको थियो। 

समाचारमा जनाइएअनुसार खोप बेलायतमा तेस्रो चरणमा परीक्षण भइरहेको बेला समस्या उत्पन्न भएको हो। 

तेस्रो चरणको परीक्षणमा ३० हजार मानिसको सहभागिता रहेको थियो। जसमा अमेरिका, बेलायत, ब्राजिल र दक्षिण अफ्रिका नागरिक पर्छन। तेस्रो चरणको परीक्षण ठूलो संख्यामा गरिन्छ र सामान्य अवस्थामा धेरै वर्ष लाग्छ।

तर, परीक्षणको क्रममा खोप दिइएका व्यक्तिमा गम्भीर ‘रियाक्सन’ देखिएपछि तत्कालका लागि रोकिएको जनाइएको छ।

यो खोप मानवीय परीक्षणको पहिलो र दोस्रो चरणमा राम्रो नतिजा आएपछि विश्वभर सबैभन्दा आश गरिएको र चाँडो उपलब्ध हुने अपेक्षा बढेको थियो। तर, तेस्रो चरणको परीक्षणमा गम्भीर ‘रियाक्सन’ देखिएपछि आशा निराशामा 
परिणत हुने हाके कि भन्ने शंका उत्पन्न हुन थालेकाे छ। 

AstraZeneca signage

एस्ट्राजेनेकाले खोप लिएका व्यक्तिमा असामान्य बिमारी देखिएकाले परीक्षण तत्कालका लागि राेकिएको जानकारी दिएको छ। 

उसले वैज्ञानिकहरुले ‘‘रियाक्सन’’को अध्ययन गरिरहेको जनाएका छन्। तत्कालका लागि रोकिएको परीक्षण ‘रियाक्सन’को कारण थाहा हुने वित्तिकै पुन परीक्षण सुरु हुने निर्माताले बताएका छन्। 

तर, कोरोना भाइरसविरुद्धको खोप निर्माणका लागि वैज्ञानिकहरुले तीव्र गतिमा काम भने जारी छ। 

याे खाेपलाई  ३ नोभेम्बरमा हुने अमेरिकामा राष्ट्रपतिको चुनावकाे लागि पनि हेरिएकाे छ। 

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावअघि नै खोप प्रयोगमा ल्याउने बताइसेका छन्। उनको यो टिप्पणीले विज्ञलाई त्रसित बनाएको छ।

यता, राष्ट्रपति उम्मेदवार जो बाइडनेले सुरक्षित खोपको विकल्प नरहेको बताउँदै ट्रम्पले खोपलाई राजनीतिक स्वार्थ पूर्तिको माध्यम बनाउन खोज्दा सर्वसाधारणको स्वास्थ्य जोखिममा आउने चेतावनी दिसकेका छन्। 

प्रकाशित मिति: : 2020-09-09 09:07:21

प्रतिकृया दिनुहोस्