स्पेनिस लालिगाका च्याम्पियन रियल मड्रिड र रायो भालेकानोबीच तय भएकाे मैत्रीपूर्ण खेल रद्द भएको छ। नयाँ सिजनको तयारीका लागि बुधबारका लागि मैत्रीपूर्ण खेल तय थियो।
रायोका एक खेलाडीको पिसिआर परिक्षणको नतिजा आइनसकेका कारण खेल रद्द गरिएको हाे। पिसिआरको नजिता बुधबार बिहानसम्म पनि थाहा नभएले खेल रद्द गरिएकाे हाे।
मैत्रीपूर्ण खेल बन्द रंगशालामा सञ्चारमाध्यम विना खेलाउने योजना थियो। स्वास्थ्यकाे मामलामा जोखिन उठाउनु भन्दा खेल रद्द गर्नका लागि दुवै क्लब सहमत भएको बताइएको छ।
जिदानले अर्को सिजनको तयारीस्वरूप युथ टोलीका केही खेलाडीलाई पनि मैत्रीपूर्ण खेलमा सहभागी गर्ने योजना बनाएका थिए। उनले सिनियर र युवा खेलाडीको मिश्रण गरेर दुवै हाफमा फरक टोली उतार्ने लक्ष्य राखेका थिए।
ला लिगा च्याम्पियन रियलले आफ्नो पहिलो खेल सेप्टेम्बर २० मा खेल्ने छ। रायोले भने स्पेनिस लिगको दोस्रो श्रेणीमा आफ्नो पहिलो खेल आइतबार रियल मार्लोकासँग प्रतिस्पर्धा गर्नेछ।