पेट्रोलियमकै मोडलमा रासायनिक मल आयात गर्न कति सम्भव ?

अनलाइनखबर

काठमाडौँ

नवीन ढुंगाना

कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले हरेक वर्ष निजी ठेकदारमार्फत नेपालमा रसायनिक मल खरिद गर्दै आएका थिए । यसअघिका वर्षहरुमा विदेशी ठेकदारले पाउने गरेको ठेक्का यसपाली दुई नेपाली कम्पनीले पनि पाए । तर दुवै कम्पनीले मल ल्याउन सकेनन् ।

देशभर माग बमोजिम मलको आपूर्ति गर्न नसक्दा सरकार आलोचित बनेको छ । कृषकले धानमा मल हाल्न पाएनन् । भविष्यमा मल आपूर्तिलाई कसरी व्यवस्थित बनाउने भनेर छलफल र बहस प्रारम्भ भएका छन् । नेपालमै मल कारखाना खोल्नेदेखि आयात प्रक्रियाका अन्य विकल्पबारे विमर्श भइरहेको छ ।

प्रकाशित मिति: : 2020-09-10 14:55:10

प्रतिकृया दिनुहोस्