लिग वानमा यहि सिजन बढुवा भएको लेन्ससँग पीएसजीकाे अप्रत्यासित हार

फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट-जर्मेन (पीएसजी) ले नयाँ लिगको सुरुवात अप्रत्यासित हारबाट गरेको छ।

लिग अन्तर्गत बिहीबार राति भएको आफ्नो पहिलो खेलमा पीएसजी लेन्ससँग १-० ले पराजित भएको हो। लिग वानमा यहि सिजन बढुवा भएर आएको लेन्सका लागि एक मात्रै गाेल गानागोले गरेका थिए।

पहिलो हाफमा गाेलरहित बराबरी खेलेकाे पीएसजीले दोस्रो हाफको सुरुतिरै गोल खाएकाे थियाे। 

खेलकाे ५७ औँ मिनेटमा लेन्सका लागि गानागोले गरेको गोल गरेका थिए। साेही गाेल नै जितका लागि निर्णायक बन्यो। 

याे खेलमा पीएसजीका स्टार खेलाडी नेयमार, केलियन एमबाप्पे, मोउरो इकार्डी, एन्जल डी मारिया, गोलरक्षक केलर नाभास, डिफेन्डर मार्किन्हस  र लियोनार्दो परेडेस थिएनन्। यी सात खेलाडीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि खेल अन्यौलमा परेको थियो ।

पीएसजीले लिग अन्तर्गत आफ्नो दोस्रो खेलमा आउँदो आइतबार मार्सेइलीसँग प्रतिस्पर्धा गर्ने छ ।

प्रकाशित मिति: : 2020-09-11 06:18:29

प्रतिकृया दिनुहोस्