बिदाको दिन पनि अभ्यासमा मेसी

प्रि सिजनका लागि यसै साता प्रशिक्षणमा फर्केका बार्सिलोनाका सुपर स्टार लिओनल मेसी अभ्यासमा छन्। बिहीबार टोलीका अन्य खेलाडीले छुट्टी मनाएपनि मेसी भने प्रशिक्षणमा व्यस्त रहेका थिए।

उनी कल्बका अन्य खेलाडी भन्दा एक साता पछि मात्र प्रशिक्षणमा फर्किएका थिए। 

बुधबार भने उनले टोलीका साथ अभ्यास गरेका थिए। बिहीबार बार्सिलोनाले लगातार प्रशिक्षण गरिरहेका सबै खेलाडीलाई बिदा दिएको थियो। प्रशिक्षक कोम्यानले मेसीलाई छुट्टि दिएपनि उनले बिहीबार प्रशिक्षणमा समावेश भए। 

नयाँ सिजनका लागि फिट हुनका लागि ध्यानमा राख्दै मेसीले एक्लै पनि अभ्यास गरिरहेका छन्। 

च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग ८–२ ले पराजित भएको केहि दिनपछि मेसीले बार्सिलोना छाड्ने निर्णय गरेका थिए। तर, क्लबले ७ सय मिलियन युरो रिलिज क्लज तिर्न नसकेपछि उनी बार्सिलाेनामै बसेका थिए।

उनी एक सिजन क्लबमै रहने छन्। त्यसपछि सोमबारबाट मेसी अभ्यासमा समाबेश भएका थिए। पिसिआर टेष्टको रिपोर्ट नआउँदासम्म सुरुको दुई दिन पनि मेसीले एक्लै अभ्यास गरेका थिए।

बार्सिलोनाका खेलाडीले शुक्रबार पुनः पूर्ण अभ्यास गर्नेछन्। बार्सिलोनाले शनिबार जिम्याष्टिक डी टारोगोनासँग मैत्रीपूर्ण खेले खेल्नेछ। मेसी त्यो खेलमा उत्रने सम्भावना छ।

प्रकाशित मिति: : 2020-09-11 06:32:40

प्रतिकृया दिनुहोस्