प्यानिच प्राइभेट प्लेनबाट बार्सिलोना आए

इटालियन क्लब युभेन्ट्सका मिडफिल्डर बार्सिलोनामा आएका छन्।

कोरोना संक्रमणबाट मुक्त हुँदै बोस्निया एन्ड हर्जगोभिनाका प्यानिच प्राइभेट प्लेनबाट शुक्रबार बार्सिलोना पुगेका हुन्।

कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै दुई सातासम्म टुरिनमै सेल्फ आइसोलेसनमा बसेका थिए। 

उनले बार्सिलोनाको प्रशिक्षण जोडिनुअघि ला लिगाको नियअनुसार अनिवार्य पीसीआर टेष्ट गराउनुपर्नेछ। 

प्रोटोकल अनुसार दोस्रोपटक पीसीआर टेष्ट गर्नुअघिसम्म उनले एक्लै प्रशिक्षण गर्नुपर्नेछ।

बार्सिलाेनाले प्यानिचलाई अर्को हप्ता सार्वजनिक गर्ने जनाएको छ। 

बार्सिलोनाले ३० वर्षीय प्यानिचलाई २९ जुन २०२० मा क्लबका मिडफिल्डर आर्थर मेलोलाई युभेन्ट्स पठाएपछि उनलाई ल्याएकाे हाे। 

प्रकाशित मिति: : 2020-09-11 19:24:27

प्रतिकृया दिनुहोस्