फरवार्ड मोहमद सलाहले ह्याट्रिक गरेपछि च्याम्पियन लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सानदार सुरुवात गरेकाे छ।
शनिबार साँझ भएकाे खेलमा प्रिमियर लिगमा १६ वर्षपछि पुनरागमन गरेको लिड्स युनाइटेडलाई लिभरपुलले ४-३ गाेल अन्तरले पराजित गरेकाे हाे।
आक्रामक रणनीतिका साथ उत्रिएका दुई टोलीबीच खेलको पहिलो हाफमा नै ५ गोल गरेकाे थियाे।
तेस्रो मिनेटमा नै लिभरपुलका सलाहको प्रहार डिफेन्डर रोबिन कक्को हातमा लागेपछि रेफ्रीले पेनाल्टी दिए। सलाहले सहजै पेनाल्टीमा गोल गर्दै लिभरपुललाई अघि बढाए।
गत वर्ष च्याम्पियनसिपको विजेता बन्दै प्रिमियर लिगमा बढुवा भएको लिड्सले १२ औं मिनेटमा नै खेल बराबरीमा ल्यायो। काल्भिन फिलिप्सको लामो पासलाई ज्याक ह्यारिसनले गाेल गरे।
२० औं मिनेटमा लिभरपुलले पुन: अग्रता बनायाे। एन्ड्रयु रोबर्टसनको कर्नरमा भर्जिल भान डाइकले हेड गाेल गरे। तर, ३० औं मिनेटमा बामफर्डले गाेल गर्दै खेल २–२ मा ल्याए।
बराबरी भएको तीन मिनेट नबित्दै लिभरपुलले पुन: अग्रता लियो। सलाहले फ्रिकिकमा रिबाउन्ड आएको बललाई हाफ भलीमा गोल गरे।
पहिलो हाफमा एक गोलले पछि परेको लिड्स ६६ औं मिनेटमा खेल पुन: फर्कियाे। हेल्डर कोस्टाको क्रसलाई म्याटुएज क्लिकले गोलमा परिणत गरे।
खेलको ८७ औं मिनेटमा लिभरपुलले चौथोपटक अग्रता लियाे। लिड्सका रोड्रीगो मोरेनोले फाबिन्होलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए। जसलाई सलाह न्याय गरे। उनले याे गाेलसँग ह्याट्रिक पूरा गरे।