स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा एथ्लेटिक क्लबमाथि ग्रानडाले जित निकाल्दै सुखद सुरुवात गरेको छ।
लस कारमेनेस स्टेडियममा भएको खेलमा एथ्लेटिकले २-० को सहज जित निकालेको हो। उसका लागि यान्जेल हेरेरा र लुईस मिल्लाले गाेल गरेका थिए।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा ग्रानडाले दुबै गोल दोस्रो हाफमा गरेको थियो।
खेलको ४९ औं मिनेटमा एन्जेल मोन्टोरोको पासमा हेरेराले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। त्यस्तै दोस्रो गोल मिल्लाले खेलको ५५ औं मिनेटमा गरे।
अन्य खेलहरु
गएराति नै भएका अरु खेलहरुमा सेल्टा भिगो र इबरले गोलरहित बराबरी राेकेकाे छ। यस्तै ओसासुनाले काडिचलाई २-० ले हराएकाे छ।
खेलको १० औं मिनेटमा एड्रियन लोपेज र ७९ मिनेटमा रुबेन ग्रासियाले गोल गर्दै ओसासुनाको सिजनको पहिलो खेलमै जित दिलाएका थिए।