लेस्टर सिटीले वेष्ट ब्रोमलार्य पराजित गरेकाे छ।
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति अवे मैदानमा भएको खेलमा लेस्टर सिटीले वेष्ट ब्रोमलार्य ३–० ले पराजित गरेको हो।
खेलमा लेस्टरका लागि जेमी भर्डीले पेनाल्टी मार्फत दुई गोल गरे। यस्तै तिमोथी कास्ताग्नेले एक गोल गरे।
पहिलो हाफमा दुवै तर्फबाट गोल हुन नसकेको खेलमा तिमोथीले ५६ औँ मिनेटमा गोल गर्दै लेस्टरलाई सुरुवाति अग्रता दिलाए।
यस्तै ७४ औँ मिनेटमा भर्डीले गोल गरेर अग्रता दोब्बर पारे। उनले पाएको पेनाल्टीलाई सदुपयाेग गरेका हुन्।
त्यसको १० मिनेटपछि पाएको पेनाल्टीमा भर्डीले पुनः गोल गर्दै लेस्टरलाई ३–० को जित दिलाए।