साउदीमा बलात्कृत महिलाको कथा सुनाउँदै भक्कानिए सहसचिव

अनलाइनखबर

काठमाडौं

रघुनाथ बजगाईं

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सोमबार विभिन्न देशमा घरेलु कामदारका रुपमा रहेका नेपालीहरुको अवस्थाबारे छलफल राखिएको थियो ।

छलफलमा परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले आफू ४ वर्ष साउदी अरब बस्दाको दर्दनाक घटना सुनाएर सबैलाई भावुक बनाए ।

गृह, परराष्ट्र, श्रम, र महिला मन्त्रालयका प्रतिनिधि र सरोकारवाला सहभागी छलफलमा सहसचिव घिमिरे घरेलु कामदार नेपाली महिलामाथि भएको ज्यादतीबारे सुनाउने क्रममा पटक पटक भावविह्वल भए ।

घिमिरेका अनुसार एक नेपाली महिलालाई सामूहिक बलात्कार गरेर तीन तलाबाट फ्याँकिएको थियो । उनको उपचार र न्यायका लागि पहल गर्दा दूतावासका अधिकृतले नेपाली एजेण्टबाटै धम्की खप्नुपरेको थियो ।

प्रकाशित मिति: : 2020-09-14 20:21:11

प्रतिकृया दिनुहोस्