जर्मन कप अन्तरगत सोमबार राति भएको पहिलो चरणको खेलमा बोरुसिया डर्टमण्डले फराकिलो जित निकालेको छ।
प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाइटेडबाट आएका जुड बेलिंगहमले डेब्यु गरेसँगै डर्टमण्डले डुइसबर्गलाई ५–० ले हराएको हो।
जाडोन साञ्चोले समेत गोल गरेपनि जर्मन महारथी क्लब डर्टमण्डले १० खेलाडीमा सिमित डुइसवर्गमाथि सहज जित निकाल्यो।
साञ्चोको पेनाल्टीमा गोलमा डर्टमण्डले सुरुवाती अग्रता बनाएको थियो। १७ बर्षका बेलिङहम यसै समर ट्रान्सफरमा बर्मिङ्घम सिटीबाट डर्टमण्डमा आएका हुन्।
डर्टमण्डका लागि अन्य गोल इर्लिङ हाल्याण्ड, जियो रेना र मार्को रिउसले गरेका थिए।