राेनाल्डाेलाई पछि पार्दै मेसी बने विश्वकै सर्वाधिक कमाइ गर्ने खेलाडी

बार्सिलोनाका फरवार्ड लिओनल मेसी विश्वकै सर्वाधिक कमाइ गर्ने खेलाडी बनेका छन्। 

फोर्ब्स म्यागजिनले सोमबार सार्वजनिक गरेको सूची अनुसार अर्जेन्टिनाका २०२० मा मेसी सर्वाधिक कमाई गर्ने फुटबलर बनेका हुन्। 

उनले याे हाेडमा युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका हुन्। गत वर्ष पोर्चुगिज रोनाल्डो सर्वाधिक कमाउने खेलाडी रहेका थिए।

फोर्ब्सका अनुसार मेसीको वार्षिक कमाइ १२६ मिलियन अमेरिकी डलर रहेको छ। मेसीले पारिश्रमिकबाट ९२ मिलियन डलर र एन्डोरसमेन्टबाट ३४ मिलियन डलर कमाइ गरेका छन्। 

मेसीले युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोभन्दा ९ मिलियन बढी कमाउछन्।

यस्तै रोनाल्डोले पारिश्रमिकबाट ७० मिलियन डलर र एनडोरसमेन्टबाट ४७ मिलियनसहित कूल ११७ मिलयन डलर कमाइ गरेका छन्।

यस्तै पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन स्टार नेयमार ९६ मिलियन डलरसहित तेस्रो स्थानमा रहेका छन्। पीएसजीकै युवा स्टार केलियन एमबाप्पे पहिलो पटक सूचीको चौंथो स्थानमा परेका छन्। एमबाप्पेको कमाई ४२ मिलियन अमेरिकी डलर रहेको छ।

यस्तै प्रिमियर लिग क्लब लिभरपुलका मोहमम्द सालाह पाँचौ र म्यानचेष्टर युनाइटेडका पउल पोग्वा छैटौं स्थानमा छन् भने सातौं नम्बरमा रहेका बार्सिलोनाका एन्टोनियो ग्रिजम्यान रहेका छन्।

यता रियल मड्रिडका गारेथ बेल आठौं, बायर्न म्युनिखका रोवर्ट लेवान्डोस्की नवौं र म्यानचेष्टर युनाइटेडका डेविड डे हेअ दशौँ स्थानमा छन्।

यी हुन् सर्वाधिक कमाइ गर्ने १० खेलाडी

१) लियोनल मेसी- १२६ मिलियन अमेरिकी डलर

२) क्रिस्टियानो रोनाल्डो- ११७ मिलियन डलर

३) नेयमार- ९६ मिलियन डलर

४) किलिएन एमबाप्पे- ४२ मिलियन डलर

५) मोहम्मद सालाह- ३७ मिलियन अमेरिकी डलर

६) पउल पोग्बा- ३४ मिलियन अमेरिकी डलर

७) एन्टोनी ग्रीजमन- ३३ मिलियन अमेरिकी डलर

८) गारेथ बेल- २९ मिलियन अमेरिकी डलर

९) रोवर्ट लेवान्डोस्की- २८ मिलियन अमेरिकी डलर

१०) डेविड डे हेअ- २७ मिलियन अमेरिकी डलर

प्रकाशित मिति: : 2020-09-15 08:01:39

प्रतिकृया दिनुहोस्