चीनमा आयातीत कोरोना, दुई दिनमा १८ जनामा संक्रमण

एजेन्सी

बेइजिङ

चीनमा फेरि कोरोनाको संक्रमण देखिएको छ। सोमबार ८ जनामा संक्रमण भेटिएपछि सरकार केही सजग भएको छ। 

आइतबार पनि १० नयाँ मानिसमा संक्रमण फेला परेको थियो। राष्ट्रिय स्वास्थ्य विभागले मंगलबार यसको जानकारी दिँदै भन्यो– ‘विदेशबाट आउने चिनियाँहरूमा संक्रमण देखिएको छ।’

चीनले यसै महिना आफ्नो देश संक्रमणमुक्त भएको भन्दै सबै व्यवसाय, कलकारखाना तथा विधालय खोल्ने निर्णय गरेको थियो। यहाँ हालसम्म ८५ हजार मानिस संक्रमित भेटिएका छन्। जसमा ४ हजार ६ सय ३४ को निधन भएको छ। 

कोरोनाको पहिलो संक्रमण उहान सहरमा भेटिएको थियो। अहिले उहानका सबै बजार खुला भइसकेको छ।

प्रकाशित मिति: : 2020-09-15 19:22:08

प्रतिकृया दिनुहोस्