इंग्ल्याण्डका वेलिङ्घम डर्टमुण्डको ११० वर्ष लामो इतिहासमा गोल गर्ने कान्छो स्ट्राइकर

इंग्ल्याण्डका १७ वर्षीय स्ट्राइकर ज्यूड वेलिङ्घम सबैभन्दा कम उमेरमा गोल गर्ने बोरुसिया डर्टमण्डका खेलाडी बन्न पुगेका छन्।

जर्मन कपअन्तर्गत पहिलो चरणको खेलमा ड्युसवर्गलाई ५–० ले पराजित गर्ने क्रममा बोरुसियाका वेलिङ्घमले गोल गरेका थिए। उनी बोरुसियाको १ सय १० वर्ष लामो इतिहासमा गोल गर्ने कान्छो खेलाडी बनेका हुन्।

उनले डेब्यू खेलमै गोल गरेका थिए। गोल गर्दा उनको उमेर १७ वर्ष ७७ दिन थियो। यसअघि यो कीर्तिमान टर्कीका नुरी साहिनको नाममा थियो। नुरीले १७ वर्ष ८२ दिनमा गोल गरेका थिए। 

मंगलबार राती भएको खेलमा ड्युसवर्गका डोमनिक भोल्कमरले ३८ मिनेटमा रातो कार्ड खाएपछि १० खेलाडीमा सिमित भएको थियो। बोरुसियाका लागि सेन्चो, बेलिङ्घम, थोर्गन हेजार्ड, जियोवन्नी रेयना र मार्को रीसले गोल गरेका थिए।

प्रकाशित मिति: : 2020-09-16 10:15:18

प्रतिकृया दिनुहोस्