टोटनह्याम फर्किने संघारमा ग्यारेथ बेल

इंग्लिस प्रिमियर लिग क्लब टोटनह्या आफ्नो पुरानो फरवार्ड ग्यारेथ बेल क्लब फर्काउने कोशिसमा लागिरहेको। कल्बले बेललाई फर्काउ स्पेनिस ला लिगा क्लब रियल मड्रिडसँग वार्ता जारी राखेको छ। 

३१ बर्षका बेल सन् २०१३ मा विश्व कीर्तिमानी मूल्यमा टोटेनह्याम छाडेर मड्रिड गएका थिए। 

तर, सुरुवाती सिजनमा मड्रिडमा देखिएका बेल पछिल्लो समय करियरको कठिन अवस्थामा छन्। 

प्रशिक्षक जिनेदिन जिदानसँगको सम्बन्ध र उतार चढावमा देखिएको लयले उनलाई मड्रिडमा पछिल्लो सिजन असफल बनाएको छ। सन् २०१९–२० को सिजन पुनः सुरु भएपछि उनले १ खेल मात्रै खेल्न पाएका थिए। 

उनले मड्रिडबाट १०० भन्दा धेरै गोल गरेका छन् र चारपटक च्याम्पियन्स लिगको उपाधि उचालेका छन्।

बेलका एजेन्ट जोनथन बार्नेटले बेलका सम्बन्धमा भइरहेको वार्ता सकारात्मक दिशामा रहेको बताएका छन्। उनले यसअघि नै भएका थिए, ‘बेल अझै पनि टोटनह्यामलाई माया गर्छन्। उनी हुन चाहेको क्लब नै टोटनह्याम हो।’

प्रशिक्षक जोसे मोरिन्हो पनि बेललाई ल्याउन इच्छुक छन्। तर उनले सार्वजनिक रुपमा यसबारे केही कुरा गर्न चाहेका छैनन्।

युनाइटेडले पनि बेल अनुबन्धनका लागि मड्रिडसँग छलफल गरिरहेको छ। बेलको तलब सबैभन्दा ठूलो समस्याको रुपमा रहेको छ। मड्रिडसँग उनको अझै २ वर्ष सम्झौता बाँकी छ। उनले मड्रिडबाट साताको ६ लाख पाउण्ड पाउँछन्। 

यता टोटेनह्यामले मड्रिडका सर्जियो रेगुइलनलाई पनि अनुबन्धन गर्ने तयारी गरेको छ। 

रेगुइलन युनाइटेडसँग समेत जोडिएका छन्। २३ वर्षका रेगुइलन युवा एकेडेमीबाट आएका खेलाडी हुन्। उनले सन् २०१८ को अक्टोबरमा सिनियर टिमबाट डेब्यु गरेका थिए।

प्रकाशित मिति: : 2020-09-17 08:08:02

प्रतिकृया दिनुहोस्