अझै संविधान फेर्ने कि सोच र शैली बदल्ने ?

विजयराज अधिकारी

आज असोज ३ अर्थात संविधान दिवस। कोरोना महामारीले संविधान दिवस ओझेलमा परेपनि नेपाली जनताको दशकौं लामो संघर्ष र बलिदानबाट प्राप्त नेपालको संविधान २०७२ जारी भएको पाँच वर्ष पूरा भएको छ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न सविधानसभामार्फत जारी गरिएको यो संविधान ऐतिहासिक दस्तावेज हो। पद्म शमशेर जंगबहादुर राणाको पालामा जारी भएको २००४ सालको नेपाल सरकार वैधानिक कानूनलार्इ नेपालको पहिलो लिखित संविधान मानिन्छ।

२०७२ सालमा आजकै दिन जारी भएको संविधान नेपालको सातौं संविधान हो। ६८ वर्षमा नेपालमा पाँच वटा संविधान असफल जस्तै भए। २०६२-६३ को जनआन्दोलनको जगमा नेपालको अन्तरिम संविधान २०६३ लागू गरियो। त्यसपछि संविधानसभामार्फत जारी गरिएको नेपालको संविधान २०७२ लागू भएको पनि पाँच वर्ष पूरा भएको छ।

प्रकाशित मिति: : 2020-09-19 08:04:44

प्रतिकृया दिनुहोस्