सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

आइतबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी तेजावी सुन तोलामा ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

यसैबीच आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। 

आइतबार तोलामा १३१५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १३२० रुपैयाँमा कारोबार भएको हो। 

प्रकाशित मिति: : 2020-09-21 11:45:30

प्रतिकृया दिनुहोस्