रहेनन् ‘हिम चितुवा’ आङरिता शेर्पा

‘हिम चितुवा’ उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ। 

उनको ७२ बर्षको उमेरमा सोमबार बिहान १० बजे आफ्नै निजि निवास जोरपाटीमा निधन भएको पासाङ ल्हामु फाउन्डेसनका महासचिव छेटु शेर्पाले जानकारी दिए।

उनी जोरपाटीमा आफ्नो छोरीको घरमा बस्दै आएका थिए।

उनी लिबर र ब्रेन सम्बन्धी समस्याबाट पीडित थिए।

१५ वर्षकै उमेरमा हिमाल चढ्न सुरु गरेका उनले १० पटक बिना अक्सिजन सगरमाथा आरोहण गरेर विश्व रेकर्ड राखेका थिए।

उनको अन्त्यष्टि धार्मिक परम्पराअनुसार हुने शेर्पाले जानकारी दिए।

प्रकाशित मिति: : 2020-09-21 12:25:12

प्रतिकृया दिनुहोस्